खानेपानी क्षेत्रको सुधारका लागि पारित भएको संकल्प प्रस्ताव कार्यान्वयन गर्न माग
२०८२ असार १६ सोमवार
- सोमबार राजधानीको संवाद डबलीमा राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालले पत्रकार सम्मेलनको आयोजना गरी संकल्प प्रस्ताव पारित भएकोमा धन्यबाद दिदै सोको तत्काल कार्यान्वयन गर्न सरकारलाई आग्रहसमेत गरेको छ ।
काठमाडौं : खानेपानी तथा सरसफाई क्षेत्रको सुधारका लागि कर तथा विद्युत महशुलमा छुट र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्न राष्ट्रिय सभाबाट संकल्प प्रस्ताव पारित भएको छ ।
सोमबार राजधानीको संवाद डबलीमा राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालले पत्रकार सम्मेलनको आयोजना गरी संकल्प प्रस्ताव पारित भएकोमा धन्यबाद दिदै सोको तत्काल कार्यान्वयन गर्न सरकारलाई आग्रहसमेत गरेको छ ।
महासंघका अध्यक्ष खेमराज वलीले नेपालको खानेपानी तथा सरसफाइको इतिहासमा संकल्प प्रस्ताव पहिलो पटक पारित भएकोमा उपभोक्ताहरुका लागि निकै सुखद विषय रहेको बताए ।
अध्यक्ष वलीले संकल्प प्रस्तावले सबै नागरिकलाई गुणस्तरीय तथा सुरक्षित खानेपानी सेवामा सहज पहुँच सुनिश्चित गर्ने विश्वास लिएको बताउँदै भने,‘जनताको संवैधानिक अधिकारलाई कार्यान्वयन गर्न सरकारले छिटो भन्दा छिटो ठोस कदम चाल्नेमा महासंघ विश्वस्त छ, तर त्यस्तो नभएमा आन्दोलन गर्नसमेत पछि पर्ने छैनौं ।’
महासंघ सल्लाहकार इन्जिनियर चोक प्रसाद धितालले संकल्प प्रस्तावमा भएका प्राविधिक पक्षहरुको विष्लेशण गरी ती प्रस्तावहरुको कार्यान्वयनको लागि सम्बन्धित निकायहरुसँग अनुरोध गरे ।
२७ वर्ष राष्ट्रसेवक भएर खानेपानी र सरसफाइको क्षेत्रबाट नै सेवानिवृत्त भएका इन्जिनियर धितालले यो क्षेत्रको अझै सुधार गर्न जरुरी भएको बताए । अझै पनि ८० प्रतिशत जनताले सुरक्षित खानेपानी उपभोग गर्न नपाएकाले त्यसका लागि आवश्यक पूर्वाधार जरुरी रहेको जनाए ।
सुरक्षित खानेपानीको लागि आवश्यक पर्ने ब्लिचिङ पाउडर भारतबाट ल्याउनुपर्ने बाध्यता भएको र मूल्यमा समेत महँगो तथा सबैको पहँुचमा नभएकाले स्वदेशमै उत्पादन गर्नसकिने बताए ।
कोषाध्यक्ष नारायणी भटट्राई(रक्षा)ले खानेपानी र सरसफाई जनताको मौलिक अधिकार भएको विषयमा राष्ट्रिय सभाले गम्भिरता लिएकोमा हार्षित भएको बताइन् ।
भटट्राई जनताको मौलिक हकको रुपमा स्थापित सो विषयमा कर छुट, विद्युत महसुलमा सहुलियत, किफायती कर्जाको व्यवस्था र स्वदेशमै ब्लिचिङ पाउडर उत्पादन गर्ने सम्बन्धी संकल्प व्यवहारिकरुपमा लागु हुने आशा व्यक्त गरिन् ।
महासंघका कार्यसमिति सदस्य सञ्जीव श्रेष्ठले सुरक्षित खानेपानीका लागि एक घर एक धाराको अवधारणालाई सरकारले कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।
कार्यालय प्रमुख अजय पराजुलीले संकल्प प्रस्ताव समय सापेक्ष र यथार्थपरक रहेको भन्दै यसलाई जतिसक्दो छिटो कार्यान्वयनमा ल्याउन आफूहरुले निरन्तर दबाबको दिने बताए ।
राष्ट्रिय सभाबाट पारित संकल्प प्रस्तावका प्रमुख बुँदाहरूः–
१) खानेपानी आयोजना सञ्चालन गर्ने उपभोक्ता समिति वा संस्थालाई राजस्व, आयकर, भ्याट लगायत सम्पूर्ण कर छुट ।
२) खानेपानी सेवामा जडित विद्युतमा डिमाण्ड शुल्कका साथै विद्युत महसुलमा छुट ।
३) नगर विकास कोषले प्रदान गर्ने ऋणको ब्याजदरमा कम गर्ने ।
४) जनसहभागितालाई राष्ट्रिय खानेपानी, सरसफाई तथा स्वच्छता नीति २०८० अनुसार लागु गर्ने ।
५) सबै नेपालीलाई सुरक्षित खानेपानी उपलब्ध गराउन स्वदेशमै ब्लिचिङ पाउडर उद्योग स्थापना र सञ्चालन ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।